प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७ मत

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ ७

प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा १५७ मत मत प्राप्त गरे। विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सरिक भएका थिए।

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष/विपक्ष दुवैतर्फ मत दिएनन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सहभागी भएनन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक