पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा निरन्तर सुनुवाइमा

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ ८

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले यो मुद्दा निकै पुरानो भएकाले निरन्तर सुनुवाइमा राखेर टुंग्याउन लागेको हो।

गत साताको मंगलबार यस इजलासमा सुनुवाइ सुरु भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। आज पनि सोही इजलासमा सुनुवाइ हुनेछ।

नेपाली कांग्रेसका तत्कालीन प्रभावशाली नेता जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सुरुमा जोशीलाई विशेष अदालतले हदम्यादभन्दा ढिलो मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो। मुद्दाको तथ्यमै प्रवेश नगरी सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले पुनः हेर्न फाइल फर्काइदिएको थियो।

त्यसपछि विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो। उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो ।

विशेषको फैसलाविरुद्ध जोशी २०६९ मा सर्वोच्च पुगेका थिए।

जोशीका कानुन व्यवसायीले अख्तियारले अनुसन्धान अधिकृत तोकेको पत्र नपठाएसम्म सुनुवाइ अगाडि बढ्न नसक्ने अडान लिएका कारण लामो समयदेखि यो मुद्दा सर्वोच्चमा अड्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक