देवघाट, जेठ ९
देवघाट मल्टिमिडिया प्रा.लि.द्वारा सन्चालित देवघाट अनलाइन डटकमको प्रथम स्थापना दिवसको अवसरमा बुधबार देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा फलफूल वितरण तथा बृद्धबृद्धालाई बिहानको भोजनको कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले स्थानीय क्षेत्रबाट सन्चालित देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजनको व्यवस्था गरेर स्वागतयोग्य काम गरेको बताए । वडा अध्यक्ष कुँवरले देवघाट अनलाईन छोटो समयमै देवघाट क्षेत्रमा लोकप्रिय बन्दै गएको र देवघाटबासीको आवाज बन्न सफल भएको बताए । स्थानीय स्तरमा हुने जुनसुकै घटनाको सत्य तथ्य समाचार सम्प्रेषण गरि देवघाटबासीलाई सूचना प्रवाह गर्न देवघाट अनलाईनलाई वडा अध्यक्ष कुँवरले अनुरोध गरे ।
वडा सदस्य बुद्धिबहादुर पाण्डेले देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा स्वागतयोग्य र सकारात्मक काम गरेको बताए ।
देवघाट अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले अनलाइनको प्रथम स्थापना दिवसको अवसरमा वृद्धाश्रममा उपस्थित भएर वृद्ध बुबा आमा हरुलाई फलफूल तथा भोजनको व्यवस्थापन गर्न पाउँदा गर्व महसुस भएको बताए । देवघाट स्थित उक्त बृद्धाश्रम सन्चालनको लागि राज्यको तर्फबाट कुनै सहयोग नभएको र दाताको भरमा बृद्धाश्रम सन्चालन गर्नु परेको अवस्थाको कारण आफुहरुले स्थापना दिवसको कार्यक्रम पनि बृद्धाश्रममा मनाईएको भट्टराईले बताए ।
सो कार्यक्रममा बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटा, रेडियो देवघाटका प्रबन्धक गोपाल शर्मा न्यौपाने, देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपाने, देवघाट अनलाइनका कार्यकारी सम्पादक सागर भण्डारी, अनलाइनका व्यवस्थापक विष्णु पाण्डे तथा आश्रममा रहनुहुने बृद्धबृद्धाहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा देवघाट अनलाइनको तर्फबाट कार्यक्रममा अतिथी तथा सन्चारकर्मीहरुले बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका थिए भने अनलाईनका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले विहानको एक छाक भोजन व्यवस्थापनको लागि व्यवस्थापक दिलमाया सापकोटालाई नगद हस्तान्तरण गरेका थिए ।