व्यासको प्रमुख प्रशासकीय अधिकृतमा गैह्रे

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

तनहुँको व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा काशिराम गैह्रेको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव गैह्रेलाई व्यास नपाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

गैह्रेले मंगलबार नै व्यास नपामा पदस्थापना गरेका छन् । गैह्रे यस अघि जिल्ला प्रशासन कार्यालय तनहुँमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । करिब ६ महिना अघि तनहुँबाट इलाका प्रशासन कार्यालय लेखनाथ कास्कीमा उनको सरुवा भएको थियो ।

व्यासको यस अघिका प्रमुख प्रशासकीय अधिकृत गंगालाल लामिछानेको बाग्लुङको ढोरपाटन नगरपालिकामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण