व्यासको प्रमुख प्रशासकीय अधिकृतमा गैह्रे

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

तनहुँको व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा काशिराम गैह्रेको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव गैह्रेलाई व्यास नपाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

गैह्रेले मंगलबार नै व्यास नपामा पदस्थापना गरेका छन् । गैह्रे यस अघि जिल्ला प्रशासन कार्यालय तनहुँमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । करिब ६ महिना अघि तनहुँबाट इलाका प्रशासन कार्यालय लेखनाथ कास्कीमा उनको सरुवा भएको थियो ।

व्यासको यस अघिका प्रमुख प्रशासकीय अधिकृत गंगालाल लामिछानेको बाग्लुङको ढोरपाटन नगरपालिकामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न