एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छः मुख्यमन्त्री अधिकारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटिका सदस्य खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले विहिबार पार्टी कार्यालय तनहुँमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले एमालेलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्नु पर्ने भन्दै उनले भने ‘आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने हुँदा यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’ तनहुँको नवनिर्वाचित जिल्ला कमिटिले आगामी निर्वाचनमा तनहुँका प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका सबै सिट जित्ने पार्टीको लक्ष्य पूरा गर्न तीव्रताका साथ कार्य गर्ने विश्वास लिएको अधिकारीले बताए ।

गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको बताए । प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिए ।

मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिए । पार्टीभत्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने एमालेको सहकारी विभागका प्रमुख समेत रहेका अधिकारीले बताए ।

यसैगरि मुख्यमन्त्री अधिकारीले २५६८ औं बुद्ध जयन्तीको अवसरमा विहिबार भानु नगरपालिका–१ सालबिस्ने स्थित जयबुद्ध तामाङ समाजको नवनिर्मित भवनको उद्घाटन समेत गरे ।

सो अवपसरमा बोल्दै अधिकारीले भानु नगरपालिकाका जनताले भोगेका समस्या र राखेका अपेक्षाको उचित सम्बोधन गर्न आफ्नो ठाउँबाट लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण