एमालेको पालिका तहको अधिवेशनको मिति तय

Devghat Online

शेयर गरौ

दमौली, जेठ १०

नेकपा एमाले तनहुँले स्थानीय तह कमिटिहरुको अधिवशेनको मिति तय गरेको छ । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित सदस्यहरुको सपथ ग्रहण पछि बुधबार आयोजित कमिटिको पहिलो पुर्ण बैठकले जेठ महिना भित्र सक्ने गरि स्थानीय तहका कमिटिहरुको अधिवशेनको मिति तय गरेको हो ।

एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीका अनुसार जेठ १६ गते बन्दिपुरको, जेठ १७ गते आबुँखैरेनीको, जेठ १८ गते देवघाटको, जेठ १९ गते म्याग्देको, २० गते ऋषिङ र २१ गते घिरिङ गाउँ कमिटिको अधिवेशन हुने भएको छ ।

त्यसैगरि जेठ २३ र २४ गते शुक्लागन्डकी, जेठ २५ र २६ गते भिमाद, जेठ २७ र २८ गते व्यास र जेठ ३१ र ३२ गते भानु नगर कमिटिको अधिवेशनको मिति तय गरिएको जिल्ला सचिव अधिकारीले जानकारी दिए ।

जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा भएको सो बैठकमा स्थायी समिति सदस्य किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको

खाल्टेमा माघे सक्रान्तिमा बृहत् सास्कृृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

विष्णु मगर । देवघाट, पुस २८ माघे सक्रान्ति पर्वको अवसरमा देवघाट गाउँपालिका–२ खाल्टेमा बृहत सांस्कृतिक