काठमाडौं–बन्दीपुर रोयल इन्फिल्ड मोटरसाइकल यात्रा

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ ११

नेपाल बुलेट हाउसले काठमाडौं–बन्दीपुर रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइड आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकालागि एकैसाथ करिव २५० वटा रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल काठमाडौँ देखि बन्दीपुर आइपुगेका छन् ।

उक्त राइड काठमाडौंदेखि गण्डकी प्रदेशको पर्यटकीय नगरी तनहुँको बन्दीपुरसम्म रहेको छ । शुक्रबार बन्दीपुरमा बिभिन्न सास्कृतीक कार्यक्रम, फुड फेस्टिवल कार्यक्रम हुँदैछ । कार्यक्रममा गायक जेम्स प्रधान कमेडियन आदर्श मिश्र लगायतको प्रस्तुती समेत रहनेछ ।

बन्दीपुर गाउँपालिका तनहुँ संरक्षक रही आयोजना भएको कार्यक्रम उद्योग वाणिज्य संघ बन्दीपुर बजार ईकाई, पर्यटन विकास समिति, क्षेत्रिय होटल संघ र रेवानले सहजिकरण गरेका छन् ।

उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । बन्दीपुर गाउँपालिकाले यस अघि घुम्न जाउँ है बन्दीपुर कार्यक्रम अन्तर्गत देशका विभिन्न सहरहरूमा पर्यटकहरूलाई घुम्न आउनको लागि निमन्त्रणा समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण