आगलागीबाट भएको क्षतीको सांसद न्यौपानेद्वारा नीरिक्षण, राहत र क्षतीपुर्तीको लागि पहल गर्ने प्रतिबद्धता

Devghat Online

शेयर गरौ

दमौली, जेठ १२

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले दमौलीको मेनचोक फलफूल लाइनमा गत सोमबार विहान भएको आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन् । शनिबार निरीक्षणको क्रममा सांसद न्यौपानेले क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएकी थिइन् ।

आगलागी पीडितलाई भेटी सांसद न्यौपानेले आफू पीडितको साथ रहेको भन्दै राहत तथा क्षतीपुर्तीकोलागि पहल गर्ने बताइन् । आगलागीको क्षतीको बारेमा प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गरि तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा पहल गर्ने बताइन् ।

नयाँ सटरहरु सोही स्थानमा निर्माण गरेर सबै व्यवसायीलाई पुनः व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने सांसद न्यौपानेको भनाई थियो । सांसद न्यौपानेले आगामी दिनमा यस्ता आगलागी हुन नदिने, लागेमा छिटो निभाउन सक्ने उपकरण तथा जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु पर्ने बताइन् ।

सो क्रममा पीडितहरुले आगलागीमा परि आफुहरुको ठुलो क्षती भएको हुँदा राहत र क्षतीपुर्तीसँगै पुनः उक्त स्थानमा नै व्यवसाय गर्ने वातावरण बनाउनु पर्ने बताएका थिए । सो क्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

सो आगलागीमा परि २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न