आबुँखैरेनी, जेठ १३
आँबुखैरेनी गाउँपालिकाले बिपन्न बर्ग चेपाङ जातीका बिद्यार्थीहरुको कक्षा १२ सम्मको सम्पुर्ण अध्ययन खर्च बेहोरेको छ ।
चेपाङ जातीका बिद्यार्थीहरुको लागि खाद्यान्न, आवास आदि बापत वार्षिक रू.६० हजार उपलब्ध गराउने निर्णय बमोजिम आइतबार रामशाह माविमा कक्षा ११ मा अध्ययनरत अमृत चेपाङलाई ४० हजार र कक्षा ९ मा अध्यनरत सञ्जीव चेपाङलाई १५ हजारको चेक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफ्नै कार्यकक्षमा सम्बन्धित बिद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गरेका थिए । आबुँखैरेनीले सिमान्तकृत चेपाङ समुदायका विद्यार्थीको कक्षा १२ सम्मको सम्पुर्ण खर्च गाउँपालिकाले बेहोर्ने यस अघि नै निर्णय गरेको थियो ।