महिलाहरुलाइ ढाकाको कपडा बुन्न सिकाउँदै बन्दिपुर गाउँपालिका

Devghat Online

शेयर गरौ

दमौली, जेठ १४

बन्दिपुर गाउँपालिकाका महिलाहरूलाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाई सम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको आयोजनामा गाउँपालिकाका महिलाहरूलाई लक्षित गरी व्यावसायिक बनाउन आयआर्जनलाई सबल बनाउनका लागि २ महिने ढाकाको कपडा बुनाई सम्वन्धी तालिम संञ्चालित गरिएको हो ।

गाउँपालिकाले महिलालाई जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् । ‘स्थानीय सरकार गठनसँगै हामी जनप्रतिनिधि भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विगतका वर्षदेखि नै विभिन्न प्रकारका सीप सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएका छौं’ उनले भनिन्, ‘महिलाहरु अझै दक्ष बन्ने हो भने अरुको भर पर्नु नपर्ने र आफैं आत्मानिर्भर बनाउने उद्देश्यले सीप दिँदै आएका छौ ।’

उनीहरुले तालिम दौराहन ढाकाको धागो मार्फत टोपी सल, पछ्यौरा, हाते व्याग र खादा जस्ता सामग्रीहरु उत्पादन गर्नेछन् । बन्दीपुर गाउँपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेको तालिम यही वैशाख १८ गते देखि असार १८ गतेसम्म सञ्चालन हुनेछ । सहभागिहरुलाई ४ वटा तान मार्फत सात जनालाई ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइरहेको बन्दीपुर गाउँपालिका उद्यम विकास सहजकर्ता टिका आले मगरले बताइन् ।

तालिमको अनुगमनका क्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले तालिमको नाममा तालिम दिने मात्र होइन प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह समेत गररे । तालिम भनेपछि हरेक ठाउँमा जाने बानिलाई त्याग्दै दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए । नगरपालिकाले महिलाहरुको आय आर्जनका लागि दिएको तालिम सदुपयोग गर्न सहभागीहरूलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माओवादीका मुख्य सचेतकको प्रस्ताव– देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याऔँ

काठमाडौं, असार २ प्रतिनिधिसभाको आइतवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा

ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही बोर्डिङलाई

दुलेगौंडा, असार १ शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी दमौलीको बाराही बोर्डिङले जितेको