एमाले देवघाटको अध्यक्षमा गुरुङ्ग

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

नेकपा एमाले देवघाट गाउँ कमिटिको अध्यक्षमा भिमबहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सम्पन्न गाउँ कमिटिको दोश्रो अधिवशेनले गुरुङ्गको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने निर्वाचित भएका छन् । सचिवमा भने तिन जनाको उम्मेदबारी परेको हुँदा सर्वसम्मत भएको छैन । सचिवमा गणेश थापा, शान श्रेष्ठ र विकास ढकालले उम्मेदबारी दिएका छन् ।

सचिवमा सर्वसम्मत गराउन स्थानीय नेताहरु बाबुराम अधिकारी, शिवराज पौडेल र केशवचन्द्र न्यौपानेलाई जिम्मेबारी दिईएको छ । यदि सर्वसम्मत नभए जेठ ३२ गते सचिव पदको निर्वाचन हुने जनाईएको छ । सदस्यतर्फका सबै पदहरुमा पनि सर्वसम्मत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले