एमाले देवघाटको अध्यक्षमा गुरुङ्ग

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

नेकपा एमाले देवघाट गाउँ कमिटिको अध्यक्षमा भिमबहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सम्पन्न गाउँ कमिटिको दोश्रो अधिवशेनले गुरुङ्गको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने निर्वाचित भएका छन् । सचिवमा भने तिन जनाको उम्मेदबारी परेको हुँदा सर्वसम्मत भएको छैन । सचिवमा गणेश थापा, शान श्रेष्ठ र विकास ढकालले उम्मेदबारी दिएका छन् ।

सचिवमा सर्वसम्मत गराउन स्थानीय नेताहरु बाबुराम अधिकारी, शिवराज पौडेल र केशवचन्द्र न्यौपानेलाई जिम्मेबारी दिईएको छ । यदि सर्वसम्मत नभए जेठ ३२ गते सचिव पदको निर्वाचन हुने जनाईएको छ । सदस्यतर्फका सबै पदहरुमा पनि सर्वसम्मत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।