एमाले भानु नगरको अधिवेशन सुरु, अध्यक्षमा पाण्डे र रानाभाट भिड्ने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३०

नेकपा एमाले भानु नगर कमिटिको दोश्रो अधिवेशन बुधबार सुरु भएको छ । भानु नपा–१ सालबिस्नेमा भएको सो अधिवेशनको नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै स्थायी कमिटि सदस्य गुरुङ्गले नेकपा एमाले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएको पार्टी भएको भन्दै एमालेको नेतृत्वमा मात्रै यो लक्ष्य पूरा हुने दावी गरे । अब एमाले एक्लैले २०८४ मा बहुमत ल्याउने गरि काम गर्नुपर्ने हुँदा अधिवेशनहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने गुरुङ्गको भनाई थियो । अधिवशेनमा गुट बनाउने छुट कसैलाई नहुने गुरुङ्गले बताए ।

भानु नगर कमिटिका कार्यवहाक अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, केन्द्रीय सल्लाहाकार सदस्यद्वय एकबहादुर राना र नरेन्द्रराज वाग्ले, पुर्व केन्द्रीय सदस्य प्रतापालाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिप अधिकारी, गन्डकी प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ्ग, नेपाली काँग्रेस भानु नगर सभापती रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक विष्णु पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा करिब २६० जना प्रतिनिधि रहेका छन् । अधिवेशन अन्तर्गत विहिबार नयाँ नेतृत्व चयन हुनेछ । भानु नगर कमिटिको अध्यक्ष पदको लागि हरिबहादुर पाण्डे र शंकर रानाभाटले उम्मेदबारी दिने तयारी गरेका छन् । पाण्डे र रानाभाट दुबै यस अघिका जिल्ला कमिटिका सदस्य हुन् ।

आफु अध्यक्ष भएमा नगर कमिटिको आफ्नै पार्टी कार्यालय भवन बनाउने, एमालेलाई प्रविधिमैत्री पार्टी बनाउने तथा आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई भानु नगरपालिकामा बिजयी बनाउने गरि संगठन निर्माण र विस्तारको काम गर्ने पाण्डेले बताए । यस अघि प्रेम रानालाई सर्वसम्मत अध्यक्ष बनाउने क्रममा आफुले त्याग गरेको हुँदा यस पटक आफ्नो पालो रहेको पाण्डेले दाबी गरेका छन् ।

यसैगरि रानाभाटले पनि आफु अध्यक्ष भएमा एमालेलाई भानु नगरमा पहिलो शक्ति बनाउने, आगामी निर्वाचनमा मेयर र उपमेयर सहित सवै वडामा एमालेलाई बिजयी गराउने तथा सदस्यता विस्तार र नविकरणको कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा