बिहिबारबाट बन्दीपुर केबलकार व्यवसायिक सञ्चालनमा आउने

Devghat Online

शेयर गरौ

सुनिता आचार्य, बन्दिपुर जेठ ३०

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार बिहिबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको छ । गत बैशाख १ गतेबाट विधिवत रुपमा शुभ मुहर्त तथा वास्तु पुजा गरि आंशिक रुपमा सञ्चालन हुदै आएको केबलकार ३१ गते बिहीवारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो ।

कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केवलकार व्यवसायिक रुपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरि सर्टिफिकेट प्रदान गरेको हो । करिब १ वर्ष अघि नै केवलकारको सम्पुर्ण मेकानिकल सामाग्रीहरुको जडान गरि लोड परिक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए ।

लोड परिक्षण तथा केबलकार अपग्रेड गरि सम्पुर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछी अन्तराष्ट्रिय प्रबिधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, (टि.यु.भी सर्टिफिकेट) प्राप्त भएको शर्माले जानकारी दिए । शर्माले भने “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्रथामिकता दिएकाले सम्पुर्ण तयारी पुरा गरि पूर्ण सुरक्षित वातावरण बनेपछी मात्र सर्वसाधरणका लागि केबलकार सञ्चालन गर्न लागेका हौं ।”

केबलकारमा सवार गरि बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधरणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि बर्षको एक दिन महाअष्टिमीका दिन मात्र सर्वसाधरणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुइ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पुरा हुने भएको छ ।
केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकारचोक देखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अन्तराष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गते देखि रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो ।त्यस्तै बटम स्टेशनमा जंगली म्युजियम, चिल्डे«न जोन, ३३कोटी देविदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ्ग लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

बन्दीपुर हिलको कुल लागत ६ सय २९ करोड मध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिलको गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबि गरिएको २सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डला मध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ ।

केवलकारले साँझ ५ बजे देखि राति ११ बजे सम्म ६वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत संचालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत छ । तर केबलकारको यो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ । बाँकी २ वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न