ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही बोर्डिङलाई

Devghat Online

शेयर गरौ

दुलेगौंडा, असार १

शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी दमौलीको बाराही बोर्डिङले जितेको छ । शनिवार भएको फाइनलमा बाराहीले पोखराको सिद्धीविनायक माविलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको हो ।

उपाधीसँगै बाराही माविले नगद १५ हजार र द्धितीयमा चित्त बुझाएको सिद्धिविनायक माविले नगद १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर बाराहीका पुजन वि.क. र उत्कृष्ट खेलाडी बाराहीकै चर्चित अधिकारी घोषित भएको विद्यालयका प्रिन्सीपल सुरेश पौडेलले जानकारी दिए । उनीहरुलाई विद्यालयका संस्थापक बाबुराम कार्की, सेराटोल विकास संस्थाका अध्यक्ष लाल बहादुर कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ५ बेलचौतारामा रहेको ज्ञान बगैंचा इङ्लीस बोर्डिङ स्कुलको आयोजनामा एसइई दिएर बसेका विद्यार्थीबीच एक आपसमा परिचय र सामिप्यताकालागि प्रतियोगिता गरिएको हो । एडिएसल फुटसल बेलचौतारामा भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । ज्ञान बगैचामा गएको वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो