युवाहरूलाई प्रशिक्षण र परिचालन सम्बन्धी अभिमुखीकरण तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजनामा युवाहरूलाई प्रशिक्षण र परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मन्त्रालयबाट लागू र कार्यान्वयन हुनका लागि युवा लक्षित कार्यक्रम, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् युथ भिजन २०२५ र युवा व्यवस्था सहित युवा क्लब गठन विधि प्रक्रिया र कानुनी व्यवस्था त्यसको निर्णय, लेखन प्रक्रिया, अभ्यास बैठक प्रक्रिया, आर्ट अफ स्पिच तथा असल नेतृत्वका गुणहरूको विषयमा गोरखा र तनहुँ जिल्लाका स्थानीय तहहरूमा क्रियाशील युवा क्लबका करिब १०० जना युवाहरूलाई तालिम प्रदान गरिएको छ ।

जिल्ला युवा समिति तनहुँ अध्यक्ष रिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बन्दीपुर गाउँपालिका तनहुँका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका युवा शाखा प्रमुख तारानाथ सुवेदीले कार्यक्रमको स्वागत सञ्चालन र उद्देश्य बारे प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा सहभागीहरूले कार्यक्रम अत्यन्तै आवश्यक र महत्वपूर्ण रहेकोले यसलाई थप प्रभावकारी ढंगले कार्यक्रमलाई अगाडि बढाउन निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले युवा लक्षित कार्यक्रम अत्यन्तै राम्रो भएको प्रशंसा गरे। प्रशिक्षणको प्रतिवेदनपछि आफ्नो पालिकामा युवा लक्षित कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्न इच्छुक रहेको समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा सञ्जालका संस्थापक अध्यक्ष विवेक त्रिपाठी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका युवा शाखा प्रमुखले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको