देवघाटका सहकारी सन्चालकलाई सहकारी व्यस्थापन तालिम

Devghat Online

शेयर गरौ

देवघाट, असार २

देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संस्था तनहुँको आयोजनामा शनिबार देखी देवघाटमा सन्चालित सहकारी व्यवस्थापन सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ ।

देवघाट गाउँपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिहरुलाई सहकारी सन्चालन र व्यवस्थापनको बारेमा जानकारी दिने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सहकारी संस्थाहरु प्रति अहिले आम जनतामा नकारात्मक धारणा उत्पन्न हुन थालेको हुँदा त्यसलाई चिर्न देवघाटका सहकारीहरुले पारदर्शिता र गुणस्तरीयतामा जोड दिनु पर्ने बताए । सहकारीको समस्या समाधान गर्न गाउँपालिकाको तर्फबाट सबैखाले सहयोग उपलब्ध गराउने अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

सो तालिममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी, संघका लेखा सुपरिवेक्षण समितिका सदस्य अर्जुन अधिकारी, देवघाट गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णराप पन्त, व्यास बचत तथा ऋण सहकारी संस्था व्यास ३ का उपाध्यक्ष प्रेम प्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

आइतबारसम्म चल्ने सो तालिममा देवघाट गाउँपालिकाभित्रका ११ वटा सहकारीका २४ जनाको सहभागीता रहेको छ । जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय