देवघाटका सहकारी सन्चालकलाई सहकारी व्यस्थापन तालिम

Devghat Online

शेयर गरौ

देवघाट, असार २

देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संस्था तनहुँको आयोजनामा शनिबार देखी देवघाटमा सन्चालित सहकारी व्यवस्थापन सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ ।

देवघाट गाउँपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिहरुलाई सहकारी सन्चालन र व्यवस्थापनको बारेमा जानकारी दिने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सहकारी संस्थाहरु प्रति अहिले आम जनतामा नकारात्मक धारणा उत्पन्न हुन थालेको हुँदा त्यसलाई चिर्न देवघाटका सहकारीहरुले पारदर्शिता र गुणस्तरीयतामा जोड दिनु पर्ने बताए । सहकारीको समस्या समाधान गर्न गाउँपालिकाको तर्फबाट सबैखाले सहयोग उपलब्ध गराउने अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

सो तालिममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी, संघका लेखा सुपरिवेक्षण समितिका सदस्य अर्जुन अधिकारी, देवघाट गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णराप पन्त, व्यास बचत तथा ऋण सहकारी संस्था व्यास ३ का उपाध्यक्ष प्रेम प्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

आइतबारसम्म चल्ने सो तालिममा देवघाट गाउँपालिकाभित्रका ११ वटा सहकारीका २४ जनाको सहभागीता रहेको छ । जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि