एमाले म्याग्देको अध्यक्षमा घिमिरे सर्वसम्मत

Devghat Online

शेयर गरौ

कविराज श्रेष्ठ, दमौली असार २

नेकपा एमाले म्याग्देको अध्यक्षमा द्वारिकानाथ घिमिरे सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा उम्मेदबारी दिएका ज्योतीकुमार श्रेष्ठले आइतबार उम्मेदबारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत भएका हुन् ।

गत शुक्रबार सुरु भएको गाउँ कमिटीको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा घिमिरे र श्रेष्ठको उम्मेदवारी परेपछि सर्वसम्मती हुन सकेको थिएन । आइतबारसम्म सहमति नभए सोमबार निर्वाचन गर्ने निर्णय भएको थियो । घिमिरे पुर्व जिल्ला कमिटी सदस्य हुन् ।

अन्य पदहरुमा यस अघि नै सर्वसम्मती भएको छ । गाउँ कमिटीको उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा सन्दिप रानाभाट, खुल्ला उपसचिवमा सन्तोष राना र महिला उप–सचिवमा सरस्वती घिमिरे निर्वाचित भएका छन् । अधिवेशनले ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मतीले निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो