देवघाट गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन

Devghat Online

शेयर गरौ

देवघाट, असार २

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लागि जनस्तरबाट सुझाव संकलन गरेको छ । त्यसको लागि गाउँपालिकाले आइतबार गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरि सुझाव संकलन गरेको हो ।

गाउँपालिकाको आगामी आ.व.को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न तथा देवघाट गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रतक्ष्य रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

सो कार्यक्रममा सहभागीहरुले गाउँपालिका भित्रका विभिन्न अलपत्र योजनाहरु पुरा गर्नुपर्ने, सडक निर्माण, स्वच्छ खानेपानी, सिचाइ, शिक्षा, स्वास्थ्य, विद्यालय भवन निर्माण, धार्मिक पर्यटन तथा विकास, खेलकुद मैदान र रंगशाला निर्माण, महिला बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित भूमिहिन सुकुम्बासी, अपाङ्गता भएका, विपन्न परिवार लक्षित कार्यक्रमहरु, सहकारी, फोहोर व्यवस्थापन, नियमित सार्वजानिक सुनुवाई कार्यक्रम गर्नु पर्ने, सन्चार माध्यमलाई सहयोग लगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रममा सबैको अपन्तव बनाई गाउँपालिकालाई समृद्ध बनाउन सबैको सुझाव ग्रहण गरिने बताए । गाउँपालिकाका अध्यक्ष भुवनसिंह गुरुङले सबै गाउँपालिकाबासीको सुझाव र सल्लाहालाई ग्रहण गरि नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

सो कार्यक्रममो देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम राना, नेकपा एमालेका अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी, नेपाली काँग्रेसका देवघाट गाउँ कार्य समितिका उपसभापती पुरुषोत्तम शर्मा पण्डित, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष जयकृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व संयोजक बलबहादुर क्षेत्री, सामुदायिक विद्यालय व्यवस्थापन समिति देवघाट गाउँ कार्य समितिका अध्यक्ष एवं कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, देवघाट अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, लियो क्लव अफ देवघाट चौतारीकी पुर्व अध्यक्ष रक्षा कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समुह, टोल विकास संस्थाका प्रतिनिधि लगायतले सुझावहरु दिएका थिए ।

सो कार्यक्रममा गाउँपालिकाका क्रियाशिल सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, उपभोक्ता समिति, विभिन्न जातिगत संघ संस्था तथा सन्जाल, धार्मिक तथा युवा क्लव र संस्था र आमा समुहहरुको सहभागिता रहेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले स्वागत तथा उद्देश्य प्रस्तुत गरेको सो कार्यक्रमको सन्चालन गाउँपालिकाका पर्यटन तथा विपत व्यवस्थापन शाखा प्रमुख होम बहादुर भारतीले गरेका थिए । देवघाटले आगामी असार ४ गते गाउँसभा मार्फत नीति तथा कार्यक्रम सार्वजानिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि