चट्याङ पीडित शुकबहादुरको परिवारलाई देवघाटका शिक्षकहरुको सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, असार २

गत बैशाख १५ गते राती चट्याङ परि घरबार विहिन भएका देवघाट गाउँपालिका–४ का रातेपानीका शुकबहादुर भुजेललाई देवघाट गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाल शिक्षक महासंघ देवघाट गाउँ कार्य समिति मार्फत देवघाट गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले संकलन गरेको १५ हजार रुपैयाँ आइतबार शुकबहादुरलाई हस्तान्तरण गरियो ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा, शिक्षक महासंघ देवघाटका अध्यक्ष बैकुण्ठ भट्टराई लगायत शिक्षकहरुले सो रकम पीडित शुकबहादुरलाई हस्तान्तरण गरेका थिए । चट्याङले शुकबहादुरको घर पुर्णरुपमा जलेको थियो । उनीहरु छिमेकीको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले