चट्याङ पीडित शुकबहादुरको परिवारलाई देवघाटका शिक्षकहरुको सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, असार २

गत बैशाख १५ गते राती चट्याङ परि घरबार विहिन भएका देवघाट गाउँपालिका–४ का रातेपानीका शुकबहादुर भुजेललाई देवघाट गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाल शिक्षक महासंघ देवघाट गाउँ कार्य समिति मार्फत देवघाट गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले संकलन गरेको १५ हजार रुपैयाँ आइतबार शुकबहादुरलाई हस्तान्तरण गरियो ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा, शिक्षक महासंघ देवघाटका अध्यक्ष बैकुण्ठ भट्टराई लगायत शिक्षकहरुले सो रकम पीडित शुकबहादुरलाई हस्तान्तरण गरेका थिए । चट्याङले शुकबहादुरको घर पुर्णरुपमा जलेको थियो । उनीहरु छिमेकीको घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो