दमौली, असार १०
आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि तनहुँका ९ वटै स्थानीय तहले सोमबार बजेट सार्वजनिक गरे । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम तनहुँका स्थानीय तहले सोमबार एकै दिन बजेट प्रस्तुत गरेका थिए ।



आबुँखैरेनी गाउँपालिकाले भने सोमबार गाउँसभामा नीति तथा कार्यक्रम मात्र प्रस्तुत ग¥यो । उक्त पालिकाले छिट्टै बजेट ल्याउने जनाएको छ । सोमबार प्रस्तुत गरिएको जिल्लाको ९ स्थानीय तहको बजेट करिब ७ अर्व ३८ करोडको रहेको छ ।
तनहुँका केही स्थानीय तहले यस अघि नै नीति तथा कार्यक्रम ल्याएको भएपनि अधिकांश स्थानीय तहले सोमबार एकै दिन नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेका थिए । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐन अनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ ।
तनहुँको सबैभन्दा पुरानो नगरपालिका व्यास नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि २ अर्व ४ करोड ९३ लाख ६७ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेको छ । सोमबार आयोजित स्थापनाकालदेखीको ४१ औं नगरसभामा नगर उपप्रमुख इन्दिरा दरैले उक्त अनुमानित बजेट तथा आय व्यय विवरण सार्वजानिक गरेकी थिईन् । जस मध्ये चालु तर्फ ९४ करोड ७३ लाख ५६ हजार तथा पुँजिगत तर्फ १ अर्व ९ करोड २० लाख २० हजार रुपैयाँ बाडफाँड गरिएको छ । आयतर्फ संघीय सरकारको सशर्त अनुदान ५८ करोड ३१ लाख, संघ सरकारको पुँजिगत अनुदान ५७ करोड ९९ लाख, संघ सरकारको वित्तिय समानीकरण अनुदान १८ करोड ९ लाख, आन्तरिक श्रोतबाट १८ करोड, संघ सरकारको राजश्व बाँडफाँडबाड १६ करोड ३६ लाख, नगर विकास कोषबाट ऋण १५ करोड अनुमान गरिएको छ ।
नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नीति कार्यक्रम पेश गरेका थिए । व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्ष जनशक्तिलाई मुख्य बुँदामा बर्गिकरण गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
यसैगरि शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ कालागि १ अर्ब १२ करोड ३९ लाख रुपैयाको बजेट प्रस्ताव गरेको छ । शुक्रवार भएको १५ औं अधिवेशनमा नगर प्रमुख कृष्णराज पण्डितले अनुमानित आय पेश गरेका हुन् । संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ४६ लाख, संघीय सरकारबाट राजश्व बाडाफाँडतर्फ प्राप्त रकम १३ करोड १० लाख रुपैया, शसर्त अनुदान ६२ करोड ३६ लाख, विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान छ ।
यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड १० लाख , राजश्व बाडाफाँड १ करोड ९६ लाख ९ हजार, समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी नगरको आन्तरिक आय १२ करोड १० लाख, सडक बोर्ड नेपालबाट अनुदान ७० लाख, भरजग्गा रजिष्ट्रेशन शुल्क ३ करोड रुपैया प्राप्त हुने अनुमान छ । प्रस्तावित बजेटमा ४७ करोड ४९ लाख ३ हजार पूर्वाधार, ४ करोड १५ लाख ५६ हजार सामाजिक, १ करोड १८ लाख ७३ हजार आर्थिक, १ करोड १८ लाख ७३ हजार वातावरण र ५९ लाख ३६ हजार रुपैया सुशासनतर्फ सिलिङ राखिएको नगर प्रमुख पण्डितले जानकारी दिए । चालु आर्थिक वर्षमा १२ करोड ५१ लाख रुपैया आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको नगरले आगामी आर्थिक वर्षमा १२ करोड १० लाख रुपैया लक्ष्य राखेको छ ।
यस्तै भानु नगरपालिकाको १४ औं नगर सभाले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने अनुमान गरेको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख उमा गोतामेले ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने प्रक्षेपण गरेकी हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ रु.६४ करोड ११ लाख ९१ हजार (संघिय सशर्त अनुदान चालु तर्फ ३९ करोड ७७ लाख शिक्षक विद्यालय कर्मचारी, स्वास्थ्य तथा आयूर्वेद तर्फका कर्मचारिको तलब, पोषाक र महंगी भत्ता खर्च समेत गरी चालु तर्फ प्राप्त भएको हुँदा चालु खर्च धेरै देखिन गएको र आन्तरीक स्रोत तर्फ रु.४५ करोड ३९ लाखमा चालु खर्च र पुँजीगत खर्च र पुँजीगत तर्फ २१ करोड ४ लाख ८३ हजार रहेको छ ।
यसैगरि भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि ६२ करोड ४७ लाख १४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमबार भएको नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् । उत्त, बजेट मध्ये चालु तर्फ ६९.५९ प्रतिशत अर्थात ४३ करोड ४७ लाख ९ हजार रुपैयाँ र पुँजिगत तर्फ ३०.४१ प्रतिशत अर्थात १८ करोड ९९ लाख ५ हजार रुपैयाँ बाडफाँड गरिएको छ ।
गाउँपालिका तर्फ देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि कूल बजेट ४५ करोड ५८ लाख ८८ हजार ५ सयको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाकाको चौधौं गाउँसभामा सोमबार गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेका हुन् ।
घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५५ करोड ८ लाख, १३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमरबा भएको १६ औं गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् । जसमध्ये आन्तरिक श्रोत अनुदान १३ करोड २१ लाख, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ४१ लख, संघीय राजश्व बाँडफाँड ८ करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण १ करोड ५ लाख, प्रदेश सरकार राजश्व बाँडफाँड ५८ लाख, संघीय सशर्त अनुदान १७ करोड १८ लाख ४१ हजार, संघीय समपुरक अनुदान ३ करोड प्रदेश समपुरक अनुदान ६० लाख र प्रदेश सशर्त अनुदान ४० लाख अनुमान गरिएको छ ।
ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५२ करोड २४ लाख, ४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमबार भएको १६ औं गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिईन् । कुल बजेट मध्ये ६३ प्रतिशत चालु र ३७ प्रतिशत पुँजिगत बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए ।
म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वजेट ६७ करोड ४९ लाख २९ हजार प्रस्तुत भएको छ । गाँउपालिकाको १६ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सो वजेट प्रस्तुत गरेका थिए । जसमध्ये चालु तर्फ ६६.४५ प्रतिशत अर्थात ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ ३३.५५ प्रतिशत अर्थात २२ करोड ६५ लाख बाँडफाँड गरिएको छ ।
बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वजेट ५४ करोड ४५ लाख ४४ हजार प्रस्तुत भएको छ । सोमबार आयोजित गाँउपालिकाको १६ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् ।
आवुँखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि नीति तथा कार्यक्रम पेश गरेको छ । उक्त नगरपालिकाले बजेट भने केही पछि पेश गर्ने भएको छ । नीति तथा कार्यक्रममा आवँखैरेनीले आगामी वर्षकोलागि पुर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरि सुविधासम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने, शैक्षिक सुधार गर्ने विषयलाई गाउँपालिकाले मुख्य नीति तथा कार्यक्रममा राखेको छ ।