निर्मल मावि २०४५ एसएलसी समुहद्वारा राधाकृष्ण मन्दिरलाई ५१ हजार आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असार १५

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालय २०४५ एसएलसी समुहले शनिबार चारकुनेमा निर्माणधीन राधाकृष्ण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले मन्दिर निर्माण समितिका संयोजक भरत भण्डारी र नवसिर्जना महिला समुहकी अध्यक्ष शान्ता खवास, कोषाध्यक्ष पार्वती अधिकारीलाई संयुक्त रुपमा ५१ हजार १४५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । व्यास–१ चारकुने स्थित नवसिर्जना महिला समुहको सक्रियतामा राधाकृष्ण मन्दिर निर्माण कार्य भैरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले समुहले ०४५ सालको साथीबीच पुर्नमिलन,सामाजिक कार्यका लागि संगठन निर्माण, सामाजिक उत्तरदायित्व पुरा गर्ने लगायतका लक्ष्य लिएर अघि बढेको बताए । ‘दीनदुखी र असाहयका लागि आर्थिक सहयोग गरेर सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्दै आएको छ’ श्रेष्ठले भने ‘आउँदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने योजना बनाएका छौ ।’

यस अघि समुहले १०८ फिट अग्लो व्यास मूति निर्माण, दीर्घरोगीलाई सहयोग,मृर्गौला, क्यान्सर पीडित, आर्थिक अभावमा उपचार गर्न नपाएका परिवारलाई आर्थिक सहयोग गर्दै आएको बताए । दमौलीमा क्रियापुत्री भवन निर्माण, दमौली अस्पताललाई स्वास्थ्य सामाग्री, निर्मल माविमा छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष स्थापना, कोभिडका समयमा निशुल्क खाना खुवाउन सहयोग गर्नुका साथै खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग तथा सिद्धेश्वरी मावि र मत्स्सकन्या आविमा स्टेशनी र पोशाक वितरण गरेको श्रेष्ठले बताए ।

मन्दिर निर्माण समितिका संयोजक भण्डारीले करिब ६५ लाखको लागतमा आकर्षण मन्दिर निर्माण गरी धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न पहलकदमी भएको बताए । ‘विभिन्न संघसंस्था र व्यक्तिबाट हालसम्म २० लाख संकलन भैसकेको छ’, उनल भने ‘गण्डकी प्रदेश सरकारबाट १० लाख बजेट बिनियोजन भएकाले ठुलो राहत मिलेको छ ।’

इष्टिमेट अनुरुप अझै ३०÷३५ लाख अपुग देखिएकाले सहयोगी हात फैजाउनु परेको उनले बताए । कार्यक्रममा मन्दिर निर्माण समितिका सचिव ज्ञानेन्द्र जिसीले कार्यक्रम सन्चालन गर्नुका साथै नवसिर्जना महिला समुहले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर