केशवटारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३३ जना लाभान्वित

Devghat Online

शेयर गरौ

दमौली, असार १५

व्यास नगरपालिका–१४ स्थित केशवटारमा शनिवार १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युके स्थित रजनजंग शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नम्बर १४ को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निशुल्क शिविर सम्पन्न भएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरि सम्बन्धित रोगको निशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरबाट व्यास १४ को केशवटार, कुलुङ्ग, ठिन तथा बन्दिपुर गाउँपालिका–३ को रामकोट लागयतका क्षेत्रका ३ सय ३३ जना सर्वसाधरणहरु लाभान्वित भएका छन् ।
फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठको नेतृत्वमा आएका विरोषज्ञ टोली सहितको चिकित्सकहरुद्वारा स्वास्थ परिक्षण गरिएको फाउन्डेसनका संस्थापक रजनजंग शाहीले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठ, मुटु रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. पुर्णिामा गुरुङ, डा.एलिजा दुलाल, भुवन गिरि लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । सोही अवसरमा ८० जनाको सुगर परिक्षण पनि गरि बिरामीलाई निशुल्क औषधी वितरण गरिएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले डा .भुवन गिरिलाई स्टेथोस्कोप हस्तान्तरण गरि सो शिविरको उदघाटन गरेका थिए । कार्यक्रम उदघाटन गर्दै न्यौपानेले व्यास नगरपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि वडा—वडामा स्वास्थ्य परिक्षणका योजना बनाएको बताए । नगरपालिका महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले विभिन्न सेवामुलक संस्थासँग सहकार्य गरि स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै आरजे शाही फाउन्डेसनको कार्यप्रति प्रशंशा गर्दै उनले नगरपालिका आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

सोही कार्यक्रमाम मा व्यास—१४का वडाध्यक्ष काजीमान श्रेष्ठले सबै नागरिकलाई सर्वशुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु प्रतिवद्ध रहेको बताए । भौगोलिक कठिनाईका कारण नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने अवस्थामा गाउँमै विशेषज्ञ सहितको सेवा पाएकोमा खुसी व्यक्त गरे ।

सोही अवसरमा फिष्टेल हस्पिटल पोखराका अध्यक्ष डा. भोला श्रेष्ठले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्थानीय स्तरमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै आफुँ तनहुँमै जन्मिएकाले पनि आफ्नो ठाउँमा सेवा गर्न पाउदा गर्वानुभूत भएको बताए ।

फाउन्डेसनको तर्फबाट बोल्दै युवा अभिन्यता अपार पौडेलले जिल्लाको सामाजिक काममा आरजे शाही फाउन्डेसनले सधैं सहयोग गर्ने बताए । ‘यो सुरुवात मात्र हो आगामी दिनमा सबैको सहकार्य र समन्वयमा धेरै काम गर्न सकिन्छ उनले भने ।’ संस्थाको तर्फबाट स्वागत गर्दै डा.एलिजा दुलालले ग्रामीण तहको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने योजनाका साथ आरजे फाउन्डेसनको स्थापना भएको बताइन् ।

फाउन्डेसनले हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर गर्ने र आर्थिक विपन्नताका कारण पठनपाठनमा समस्या भोग्दै आएका बालबालिकालाई सहयोग गर्ने संस्थापक शाहीले जानकारी दिए । साथै आवश्यकता अनुसार अन्य सामाजिक सेवा पनि गर्ने योजना रहेको शाहीले बताए । उनले भने, ‘म पहिला जिल्लामा एकल रुपमा सामाजिक काममा सरिक हुन्थे भने अब थप व्यवस्थित र एकीकृत रुपमा फाउन्डेसन मार्फत समाज सेवामा जुट्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक