देवघाटमा पशुहरुको बाँझोपन निवारण शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार १६

देवघाट गाउँपालिकामा पशुहरुमा देखिने बाँझोपन निवारण शिविर आयोजना गरियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास केन्द्रको सहकार्यमा देवघाट गाउँपालिका–५ का विभिन्न व्यक्तिगत तथा सामुहिक पशुफार्मका पशुहरुमा देखिने बाँझोपन निवारण शिविर आयोजना गरिएको हो ।

सन्तुलित दाना, घाँस र सूक्ष्म तत्वको कमिको कारण विशेषगरि गाई भैंसीमा यस्ता समस्या आउने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेश चौधरीले बताए । पशुहहरुमा बाझोपनका समस्या अत्याधिक रुपमा भईरहेको र यसले उत्पादनमा ह्रास आइरहेको भन्दै डा. चौधरीले स्थानिय स्तरमा प्रयोग गरिने आहारबाट पनि विभिन्न तरिकाले यो समस्या समाधान गर्न सकिने बताए ।

सो कार्यक्रममा देवघाट–५ को गोहिटार सहकारी, चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी तथा विभिन्न व्यक्तिगत तथा सामुहिक पशु फर्ममा पालिएका गाई भैंसीमा देखिने बाँझोपन निवारणकोलागि कृषकको फार्म तथा गोठमै गई सहजिकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए ।

सो कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक तथा देवघाट गाउँपालिकाका पशु चिकित्सक तथा प्राविधिकहरुले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले गाउँपालिकाले नीति तथा कार्यक्रममा गाई भैंसी पाल्ने किसानहरुलाई प्रोत्साहनको कार्यक्रम ल्याईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि