देवघाटमा पशुहरुको बाँझोपन निवारण शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असार १६

देवघाट गाउँपालिकामा पशुहरुमा देखिने बाँझोपन निवारण शिविर आयोजना गरियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास केन्द्रको सहकार्यमा देवघाट गाउँपालिका–५ का विभिन्न व्यक्तिगत तथा सामुहिक पशुफार्मका पशुहरुमा देखिने बाँझोपन निवारण शिविर आयोजना गरिएको हो ।

सन्तुलित दाना, घाँस र सूक्ष्म तत्वको कमिको कारण विशेषगरि गाई भैंसीमा यस्ता समस्या आउने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेश चौधरीले बताए । पशुहहरुमा बाझोपनका समस्या अत्याधिक रुपमा भईरहेको र यसले उत्पादनमा ह्रास आइरहेको भन्दै डा. चौधरीले स्थानिय स्तरमा प्रयोग गरिने आहारबाट पनि विभिन्न तरिकाले यो समस्या समाधान गर्न सकिने बताए ।

सो कार्यक्रममा देवघाट–५ को गोहिटार सहकारी, चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी तथा विभिन्न व्यक्तिगत तथा सामुहिक पशु फर्ममा पालिएका गाई भैंसीमा देखिने बाँझोपन निवारणकोलागि कृषकको फार्म तथा गोठमै गई सहजिकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए ।

सो कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक तथा देवघाट गाउँपालिकाका पशु चिकित्सक तथा प्राविधिकहरुले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले गाउँपालिकाले नीति तथा कार्यक्रममा गाई भैंसी पाल्ने किसानहरुलाई प्रोत्साहनको कार्यक्रम ल्याईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध