सुर्य नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई दमकल प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असार १६

सुर्य नेपाल प्रा.लि.ले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई बारुण यन्त्र (दमकल) हस्तान्तरण प्रदान गरको छ । आइतवार नगरपालिका परिसरमा आयोजित एक कार्यक्रममा सुर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले नगर प्रमुख कृष्णराज पण्डितलाई दमकलको चावी हस्तान्तरण गरे । शुक्लागण्डकीसहित भिमाद, म्याग्दे लगायतका क्षेत्रहरुमा समेत दमकल आवश्यक भएका भएकाले शुक्लागण्डकी नगरपालिको अनुरोधमा दमकल प्रदान गरिएको हो ।

सुर्य नेपाल प्रा.लि.ले कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत दमकल खरिद गरी हस्तान्तरण गरेको हो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले सूर्य नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउदै आवश्यकताको आधारमा दमकल तनहुँ र आसपासको क्षेत्रहरु समेत उपयोग गरिने जानकारी दिए । सूर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले दमकलको आवश्यक हेरचाह, संरक्षण, मर्मत सम्भार तथा यथोचित उपयोग हुनेमा विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा बिभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्न कम्पनी सकारात्मक रहेको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक, वडा अध्यक्षहरु, सुर्य नेपाल प्रा.लि तनुहँका प्रतिनिधिहरु, विशेष प्रहरी बलका प्रमुख प्रहरी उपरिक्षक केदार खनाल, पत्रकार लगायतको सहभागिता रहेको थियो । सो अवसरमा विपद व्यवस्थापन समिति सभापति एवम् वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले व्यवस्थित र प्रभावकारी सञ्चालनकालागि दमकल सञ्चालन कार्यविधि बनाउने बताए । चार हजार लिटर क्षमताको सो दमकल सञ्चालनकालागि नगरका चालक र नगर प्रहरीलाई तालिम समेत प्रदान गरिएको छ ।

कम्पनीका मानव संसाधन प्रमुख अन्जन दुवाडीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत करिव ६० लाख मुल्यको बीएस भीआई भर्सनको दमकल प्रदान गरिएको हो । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सुर्य नेपाल आसा, सुर्य नेपाल प्रकृती, सूर्य नेपाल आधारसिला र ुसुर्य नेपाल गाथा को उदेश्य बमोजिम दिगो बिकासलाई आत्मसाथ गर्दै कम्पनीले यस क्षेत्रमा बिभिन्न परियोजनाहरु संचालन गरिरहेको जानकारी दिए । ती परियोजनाबाट स्थानीहरु प्रत्यक्ष र अप्रत्यक्षरुपमा लाभान्वित भएको उल्लेख गरे ।

सुर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा विद्यालय निर्माण, सडक, बाटोघाटो, खानेपानी, एम्बुलेन्स, शव वाहन, स्वास्थ्य शिविर, नदि नियन्त्रण, शैक्षिक सामाग्री वितसिरण तथा टिच फर नेपाल संगको सहकार्यमा बिभिन्न सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी, गणित, बिज्ञान र कम्प्यूटर बिषयका फेलो शिक्षक समेत उपलब्ध गर्दै आएको छ । सिमरामा मुख्य कारखाना रहेको सुर्य नेपालले शुक्लागण्डकीमा २०७१ सालमा उद्योग सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि