बन्दिपुरको ५४ करोड ४५ लाख बजेट पारित

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १७

बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वजेट ५४ करोड ४५ लाख ४४ हजारको पारित भएको छ । आइतबार आयोजित गाँउपालिकाको १५ औ गाँउसभाको दोश्रो बैठकले गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुुरुङद्वारा प्रस्तुत उक्त बजेट सर्वसम्मतीले पारित गरेको हो ।

बन्दिपुरले आगामी वर्षकोलागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य, उत्पादन, रोजगार उन्मुख तथा पुर्वाधारमा जोड दिनुका साथै मानवश्रोत साधनको विकास गर्ने लक्ष्य नीति तथा कार्यक्रम र बजेट मार्फत लिएको छ । बन्दिपुरको सार्वजानिक शिक्षाको गुणस्तरमा जोड दिनुका साथै गाउँपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, स्वास्थ्य सम्बन्धि जोखिमबाट नागरिकलाई सुरक्षित राख्ने र गुणस्तरीय स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै स्वास्थ्य पुर्वाधार निर्माण तथा स्तरोन्नती तथा स्वास्थ्य जनशक्तिको विकास गर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरि आयआर्जनको प्रमुख श्रोतको रुपमा ग्रामिण अर्थतन्त्रको सवलिकरण गर्ने उद्देश्यहरु रहेको छ ।

यसैगरि आगामी वर्षभित्र सम्पन्न गर्ने गरि बहुवर्षिय योजनाहरु सम्पन्न गर्ने, बन्दिपुरका सबै घरधुरीमा आधारभुत खानेपानीको पहुँच विस्तार गर्दै स्वच्छ र सफा खानेपानीको सुविधा सबै नागरिकको घर घरमा पु¥याउने, पालिका भित्रका सबै सडकहरुको स्तरोन्नती गर्दै १२ महिना नै सडक सन्चालन हुने व्यवस्था मिलाउने, आवश्यक पुर्वाधारका संरचना निर्माण गरि पुर्वाधार सेवाको विस्तार गर्ने लक्ष्य लिईएको छ ।

साथै पर्यटनलाई गाउँपालिकाको मुख्य आयको रुपमा स्थापित गर्ने तथा विभिन्न जातजाती धर्म, कला र संस्कृतीको संरक्षण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, आदिवासी जनजाती, अल्पसंख्यक, अपाङ्ग तथा पिछडिएको वर्ग तथा आर्थिक  रुपमा कमजोर वर्गको उत्थान गर्दै सामाजिक न्याय र समतामुलक समाजको निर्माण गर्ने मुख्य लक्ष्य लिईएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न