ओलीको नेतृत्वमा सरकार बनाउने तयारी

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने तयारी भएको छ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएको हो।उच्च राजनीतिक स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रममा कुनै फेरबदल नआए यसै साता भित्र ओलीको नेतृत्वमा सरकार बनिसक्ने छ।

मुलुकमा विद्यमान संकटलाई संविधान संशोधन समेत गरेर समाधान गर्ने निष्कर्षसहित राष्ट्रिय सहमतिको सरकार बन्न लागेको हो । सकेसम्म माओवादी, रास्वपासहितको राष्ट्रिय सरकार बनाउने तयारी छ । उच्च स्रोतले भन्यो – माओवादी र रास्वपा आएनन् भने एमाले,काँग्रेस, जनमत, अशोक राई नेतृत्वको जसपा, लोसपासहितको सरकार बन्ने छ।

स्रोतका अनुसार काँग्रेस र एमालेबीच मन्त्रालयसमेतको सामान्य भागबण्डा भएको छ । माओवादी र रास्वपा नआएको अवस्थामा काँग्रेसले ११ र एमालेले १० मन्त्रालय लिनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहान भएको भेटमा ओलीले दाहाललाई आफ्नो नेतृत्वमा राष्टिय सहमतिको सरकार बन्दा राजीनामा दिएर सरकार सहभागी हुन सुझाएका थिए ।

ओलीले विकासित राजनीतिक घटनाक्रमबारे जानकारी दिन आजै साँझ मन्त्रीहरुलाई आफ्नो निवास बाल्कोटमा बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक