बलात्कार कसुरमा १८ बर्ष कैद र ७ लाख जारिवाना

Devghat Online

शेयर गरौ

दमौली, असार १७

११ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भानु नपा–९ बडहरेका २३ बर्षिय कर्णबहादुर मास्की मगरलाई जिल्ला अदालतले १८ बर्ष कैद, ७ लाख जरिवाना, पीडितलाई १ लाख क्षतीपुर्ती र पीडित राहत कोषमा २८ हजार जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश चन्द्रकुमार पोखेलको आइतबारको इजलासले मास्की मगरलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।

आरोपितले गत २०८० भदौ २० गते बलात्कार गरेको भन्दै पीडित परिवारले असोज १६ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज १६ गते पक्राउ गरेको थियो । बालिकाको घरमा कोही नभएको मौका पारेर मास्की मगरले बालिकालाई उनकै घरभित्र गई जबरजस्ती बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएका थिए ।

आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले असोज २४ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेकोमा आरोपित जिल्ला आदालतको आदेशमा असोज २६ गतेदेखी पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक