देवघाट गाउँपालिकाद्वारा चक्रवर्ती सहकारीको अनुगमन

Devghat Online

शेयर गरौ

देवघाट, असार १७

देवघाट गाउँपालिकाले वडा नम्बर ५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा आइतबार सो सहकारीको विविध पक्षको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा उक्त सहकारी संस्थाको व्यवस्थापकीय पक्ष राम्रो देखिएको तथा सहकारी संस्थाले दुधमा गरेका विविधिकरण उत्तम देखिएको भन्दै त्यसमा अझ सुधार गर्न अध्यक्ष थापाले सुझाव दिएका थिए । धेरै भन्दा धेरै उद्यमी महिलाहरुलाई सहकारीमा आवद्ध गराई उनीहरुलाई आय आर्जनमा सघाउन अध्यक्ष थापाले सहकारीको नेतृत्वलाई अनुरोध गरेका थिए ।

उक्त अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, सहकारी शाखा प्रमुख कृष्णराज पन्त लगायत विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अनुगमन टोलीलाई सहकारीका व्यवस्थापक संगीता ओझाले सहकारीको विविध पक्षहरुको बारेमा जानकारी गराएकी थिइन् ।

महिलाहरुको नेतृत्वमा महिलाहरुले नै सन्चालन गरेको उक्त सहकारीले दूधबाट विभिन्न परिकार उत्पादन गरी बिक्री वितरण बाट मनग्गे आम्दानी गर्दै आएको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादन गर्दै आएको छ । यसका साथै शेयर सदस्यहरुलाई तरकारी खेती, बाख्रा पालन, विभिन्न लघु उद्यम, दुधको विभिन्न परिकार उत्पादन तथा बजारीकरण लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु