गाउँपालिकाको कार्यालय भित्रै बैकिङ सेवा

Devghat Online

शेयर गरौ

दमौली, असार १८

म्याग्दे गाउँपालिकाको कार्यालय भित्र बैकिङ सेवा सन्चालनमा ल्याईएको छ । सर्वसाधरणलाई सहजकताको लागि लक्ष्मी सनराइज बैंक सँगको सहकार्यमा गाउँ कार्यपालिकाको कार्यालय भित्र बैंकको बिलिङ काउन्टर सन्चालन गरिएको हो ।

उक्त बिलिङ काउन्टर मार्फत म्याग्दे गाउँपालिकाले आन्तरिक कर, धरौटी जम्मा तथा राजश्व संकलनका सेवाहरु उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । सर्वसाधरणले विभिन्न किसिमका राजश्व जम्मा गर्दा उक्त बैकं मार्फत जम्मा गर्ने व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

गाउँपालिकाको वित्तिय सेवालाई अझ सहज बनाउनकोलागि लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा प्रमुख प्रशासकीय भवन भित्रै बैकिङ सेवा सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त बैकिङ सेवा केन्द्रको गत साता म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु