राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेले ग¥यो संसद्का सबै दललाई आह्वान

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १८

नेकपा एमालेले नेपाली कांग्रेससहित बन्न लागेको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा चार घण्टासम्म बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकारमा सहभागी भइ राजनीतिक स्थायीत्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सबै दलहरूलाई आह्वान गर्ने निर्णय गरेका छौँ,’ उनले भने । हामीले घोषित रुपमै अहिलेको सरकार पूरा अवधि चल्नुपर्छ भनेकोमा सरकारका केही निर्णय र प्रक्रियाका बारेमा आफूहरूको रिजर्भेसन रहेको सुनाए ।

‘यो सरकार निर्माणको आर्किटेक्ट नेकपा एमाले हो भन्ने कुरालाई झण्डै बिर्सिनुभएकोमा पनि हामीले बजेट पास गर्यौँ,’ उनले भने । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए ।

‘यो राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि प्रधानमन्त्रीज्यूलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गर्ने निर्णय पनि एमालेले गरेको छ ।

‘नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा हिजोमात्रै भएको समझदारी जुन छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कुरालाई समर्थन गर्ने,’ ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि