संसद बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसद परियारको माग

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १९

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न माग गर्नु भएको छ ।

बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले हाल संसदको गतिविधि थाहा पाउनबाट बहिरा समुदाय वञ्चित भएको बताउनुभयो । ‘नेपालमा हजारौं बहिरा समुदायहरु बसोबास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसदमा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख हुनुहुन्छ । संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । त्यसले गर्दा संसदमा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु’, उहाँले भन्नु भयो ।

सांसद परियारले प्रतिनिधि सभाबाट बजेट पारित भइसकेको भन्दै राष्ट्रिय सभामा छलफल गर्नुको औचित्य नभएको बताउनुभयो । ‘प्रतिनिधि सभाले बजेटलाई पारित गरिसकेको छ । तर फेरि राज्यका गरिब जनताहरुले उठाएको करलाई खर्च गरेर फेरि हामिले राष्ट्रिय सभामा बजेटका बारेमा छलफल गर्नुपर्ने । जसको तात्विक अर्थ देखिँदैन’, उहाँले भन्नु भयो ।

उहाँले भन्नु भयो, ‘कम्तीमा संघीय संसदका सभामुख र अध्यक्ष बसेर छलफल गरेर प्रतिनिधि सभामा छलफल भइसकेपछि राष्ट्रिय सभामा छलफल नहुँदासम्म त पास गर्नलाई रोक्न सकिन्छ होला नि । अथवा सँगसँगै छलफल चलाउन सकिन्छ होला नि ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माघे संक्रान्ति मेलाः देवघाटका संघ संस्थाको चन्दा संकलन गर्ने उपयुक्त थलो

देवघाट । माघ १ देवघाट गाउँपालिका–५ कालिमाटीमा निर्माणाधिन भर्जन कालिका मन्दिरको निर्माणकोलागि २०८१ सालको माघे

त्रिशुली किनारमा बालुवा मुनी भेटिएको बस गणपती डिलक्सको भएको पुष्टि

तनहुँ । पुस २९ आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको