फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, असार २०

व्यास नगरपालिकामा सन्चालित फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगमा बिहिबार अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयको संयुक्त अनुगमन टोलीले फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा फलफूल पकाउन प्रतिबन्धित रसायन प्रयोग गरेको नपाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी पसल अनुगमनको क्रममा गलेका फलफूल तथा म्याद नाघेका घ्यू, तेल, मसला लगायत खान अयोग्य सामाग्री गरि अन्दाजी २३ हजार बराबरको नष्ट गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी म्याद नाघेका सामाग्री अलग्गै स्थानमा राख्न तथा समयमै नष्ट गर्न सचेत गराइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले