बाढीले कल्भर्ट बगाउँदा राजमार्ग अरुवद्ध, ग्रामिण सडकमा यातयात सन्चालन हुन सकेन

Devghat Online

शेयर गरौ

दमौली, असार २२

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरास्थित फेदीखोलामा रहेका कल्भर्ट बगाएपछि राजमार्ग अबरुद्ध भएको छ ।

सो स्थानमा पुरानो पुल भत्काएर नयाँ सम्पन्न हुने क्रममा रहेको छ । वैकल्पिक रुपमा कजवे राखेर आवतजावत सहज बनाइएको थियो । तर निरन्तर वर्षाले खोल्साको पानी बढ्दा कजवे बगाएको हो । यसअघि पनि सो क्षेत्रमा कजवे बगाउदा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

अवरुद्ध सडक नियमित सुचारु गर्न कजवे बनाउने काम चलिरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले सडक पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयो गर्न आग्रह गरेको छ ।

यसैगरि साना ठुला पहिरोको कारण तथा पहिरोको कारण सदरमुकाम दमौली, डुम्रे बजार तथा शुक्लागन्डकीको दुलेगौंडा र भिमादबाट ग्रामिण क्षेत्रमा जाने सडकहरु अवरुद्ध भएका छन् । शुक्लागन्डकीबाट राईपुर, साँखे तथा स्याङजा जाने सडक ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको छ भने भिमादबाट ऋषिङ, घिरिङ तथा नवलपुरको डेढगाउँ तथा पाल्पाको रामपुर जाने ऋङ्गपथ र कृष्णमार्गको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।