यसवर्ष तनहुँमा बाढी र पहिरोबाट ११ हजार जना प्रभावित बन्ने अनुमान

Devghat Online

शेयर गरौ

दमौली, असार २२

यसवर्ष बाढी र पहिरोबाट तनहुँ जिल्लामा ११ हजार जना प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी र पहिरोबाट ११ हजार जना प्रभावित हुने अनुमान गरि त्यसको सामना गर्न सबै जनशक्तिलाई उच्च सर्तकताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।

तनहुँका १० स्थानीय तह मध्ये देवघाट र भिमादमा बाढीको उच्च जोखिम र अन्य पालिकामा पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । विपद्बाट नागरिकलाई जोगाउन सबै स्थानीय तहलाई खोज, उद्धार र राहतकोलागि तयारी अवस्थामा रहन अनुरोध गरिएको प्रजिअ गौतमले बताए ।

बाढि र पहिरो गएमा उद्धारको लागि औजारको कमी भएपनि जनशक्ति भने पर्याप्त रहेको प्रजिअ गौतमले बताए । नेपाली सेनाको ३ वटा गण, शसस्त्र प्रहरीको १ वटा गण तथा नेपाल प्रहरीको विशेष सुरक्षा गढन समेत तनहुँमा रहेको हुँदा उद्धारकोलागि जनशक्तिको अभाव नहुने प्रजिअ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले