मुकुल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

Devghat Online

शेयर गरौ

काठमाडौं, असार २५

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रिय सदस्यबाट बर्खास्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजु काठमाण्डौमा मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा ढकालले पार्टीको आचारसंहीता उल्लङ्घन गरेको ठहरसहित पदबाट बर्खास्त गरेको बताउनुभयो । केन्द्रीय अनुशासन आयोगबाट हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखि विभिन्न पदबाट जिम्मेवारीमुक्त गर्ने सर्वसम्मत निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

उहाँका अनुसार ढकालले पार्टी विधानको धारा ५७ अनुसार केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय भएको छ ।

रास्वपाको अनुशासन आयोगले डा.ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठको प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भन्दै आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न