देवघाटमा असारे विकासः वर्षा सुरु भएपछि कालोपत्रे सुरु

Devghat Online

शेयर गरौ

देवघाट, असार २५

देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडकमा वर्षा सुरु भएपछि कालोपत्रे सुरु गरिएको छ । असार अन्तिममा वर्षायाम सुरु भएपछि कालोपत्रे गर्न सुरु गरेपछि सडकमा खन्याईएको बिटुमिन (अलकत्रा) बगाएको छ ।

निर्माण कम्पनीले सडकमा कालोपत्र गर्नको लागि बिटुमिन विच्छ्याएको छ । उक्त सडक कालोपत्रे गर्ने काम अलपत्र पारी निर्माण व्यवसायी वेपत्ता भएको बारेमा गत जेठ २१ गते सोमबार देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि निर्माण कम्पनी सम्पर्कमा आई कालोपत्रेको काम सुरु गरेको थियो ।

अहिले वर्षायाम सुरु भईसकेको र लगातार पानी परिरहँदा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भन्दै स्थानीयले आलोचना गरेका छन् । १५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग २०७९ पुस ११ गते सम्झौता भएको थियो ।

उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो । कालोपत्रे गर्न गाउँपालिकाले निर्माण कम्पनीलाई अन्तिम पटक असार मसान्तसम्म म्याद दिएको थियो । तश्विरः सफल शर्मा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु