दमौली, असार २६
घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५५ करोड ८ लाख, १३ हजारको अनुमानित बजेट पारित गरेको छ । बुधबार भएको १६ औं गाउँसभाको अन्तिम बैठकले उक्त बजेट पारित गरेको हो ।
यस अघि गत असार १० गते उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् । जसमध्ये गत वर्षको अल्या २ करोड, आन्तरिक श्रोत अनुमान १३ करोड २१ लाख, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ४१ लख, संघीय राजश्व बाँडफाँड ८ करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण १ करोड ५ लाख, प्रदेश सरकार राजश्व बाँडफाँड ५८ लाख, संघीय सशर्त अनुदान १७ करोड १८ लाख ४१ हजार, संघीय समपुरक अनुदान ३ करोड प्रदेश समपुरक अनुदान ६० लाख र प्रदेश सशर्त अनुदान ४० लाख अनुमान गरिएको छ ।
घिरिङ गाउँपालिकाले बजेटको प्रथामिकताहरुमा एकिकृत कृषि विकासका कार्यक्रमको माध्यमबाट तरकारी खेती, पुशपन्छी पालन, दुग्ध उत्पादन र फलफुलखेतीलाई पुर्ण व्यवसायिकरण गरि उत्पादनमा आधारित अनुदान तथा लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने, उज्यालो घिरिङ अभियानलाई सार्थक तुल्याउन ग्रामिण विद्युतीकरणका कार्यहरु सम्पन्न गर्ने, गरिबी निवारण, रोजगारमुलक र स्थानीय कच्चा पदार्थको परिचालनहुने घरेलु उद्योगका कार्यक्रमहरुको प्रबद्र्धन गरि रोजगारी बढाउने रहेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।
यसैगरि जलश्रोत, स्वच्छ खानेपानीको पहुँच, सडक स्तरोन्नती र सिंचाई सुविधाको प्रयोग गर्ने, विद्यालयको भौतिक पुर्वाधार, खानेपानी, शौचालय, पुस्तकालय, प्रविधि मैत्री वातावरण सुधार गर्न आईसिटी ल्याव स्थापना, विद्यालयमा खेल मैदान निर्माण, राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, महिलाहरुको आर्थिक शसक्तिकरण, अपाङ्गता, एकल महिला, जेष्ठ नागरिक, दलित, जनजाती, खस आर्य तथा अल्पसंख्यक वर्गको उत्थानकोलागि उपाध्यक्षसँग आमा दिदिबहिनी कार्यक्रमलाई निरन्तरता दिने तथा विनियोजित बजेटबाट आधारभुत भौतिक पुर्वाधारहरु साना खानेपानी, सिंचाई, सडक स्तरोन्नतीमा प्राथमिकता दिने नीति तय गरेको छ ।