देवघाट, असार ३१
नक्कली डाक्टरको परिचय दिई देवघाट गाउँपालिका–५ की १२ बर्षिया बालिकालाई बलात्कार गर्ने देवघाट गाउँपालिका–२ का २२ बर्षिय इश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सन्जाल फेसबुकमा डा.सागर थापा एमविविएस युडिटिसी बंगलादेश एनएमसी ५२९ परिचय राखेको र बिर अस्पतालमा कार्यरत भएको बताएका इश्वरले बालिकालाई अनुचित प्रभावमा पारी गत जेठ ५ गते बलात्कार गरेको भन्दै असार दोश्रो साता प्रहरीमा उजुरी परेपछि प्रहरीले थापालाई आइतबार देवघाट–२ स्थित उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बालिकालाई बलात्कार पछि भागेर केही दिन काठमाडौं लुक्न गएका उनी पुनः फर्केर गाउँ आएका थिए । गाउँ आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका थापालाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानकोलागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले बताए ।