छाब्दी बाराही मन्दिर साउन महिना भर बन्द हुने

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

व्यास नपा–१४ छाब्दीमा रहेको तनहुँकै प्रसिद्ध छाब्दी बाराही मन्दिर साउन महिनाभर बन्द हुने भएको छ ।

मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दि वाराही मन्दिरमा मत्स्य अवतार वाराही देवी श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द हुने छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले बताए । साथै उक्त मन्दिरमा हरेक एकादशी र औशी मा पनि पुजा बन्द हुने गर्दछ । उक्त मन्दिरमा अब भदौ १ गते बाट मात्रै नियमित पुजा सुचारु थापाले बताए ।

छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ । तीर्थालुरुले मन्दिर क्षेत्रमा कुखुरा र बोका तथा पन्चबलि चढाउँछन् । यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि