छाब्दी बाराही मन्दिर साउन महिना भर बन्द हुने

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

व्यास नपा–१४ छाब्दीमा रहेको तनहुँकै प्रसिद्ध छाब्दी बाराही मन्दिर साउन महिनाभर बन्द हुने भएको छ ।

मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दि वाराही मन्दिरमा मत्स्य अवतार वाराही देवी श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द हुने छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले बताए । साथै उक्त मन्दिरमा हरेक एकादशी र औशी मा पनि पुजा बन्द हुने गर्दछ । उक्त मन्दिरमा अब भदौ १ गते बाट मात्रै नियमित पुजा सुचारु थापाले बताए ।

छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ । तीर्थालुरुले मन्दिर क्षेत्रमा कुखुरा र बोका तथा पन्चबलि चढाउँछन् । यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका