म्याग्दे गाउँपालिकामा सुत्केरी गाई भैसीलाई ५ लाख २ सय पोषण खर्च

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा सुत्केरी गाई भैंसीलाई पोषण खर्च वापत ५ लाख २ सय रुपैयाँ उपलब्ध गराएको छ ।

उँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका १४३ जना कृषकको १५८ वटा गाई र ८६ वटा भैंसी गरि जम्मा २४४ वटा गाई भैंसीलाई सुत्केरी पोषण खर्च वापत २०५० रुपैयाँको दरले ५ लाख २ हजार रुपैयाँ रकम उपलब्ध गराईएको गाउँपालिकाका पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले बताए ।

गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरी गाईभैंसीलाई पोषण खर्च वापत प्रति गाई भैंसी २ हजार ५० रुपैयाँको दरले कृषकलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रम मार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै कृषकहरुलाई बैंकिङ प्रणाली मार्फत रकम उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक