म्याग्दे गाउँपालिकामा सुत्केरी गाई भैसीलाई ५ लाख २ सय पोषण खर्च

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा सुत्केरी गाई भैंसीलाई पोषण खर्च वापत ५ लाख २ सय रुपैयाँ उपलब्ध गराएको छ ।

उँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका १४३ जना कृषकको १५८ वटा गाई र ८६ वटा भैंसी गरि जम्मा २४४ वटा गाई भैंसीलाई सुत्केरी पोषण खर्च वापत २०५० रुपैयाँको दरले ५ लाख २ हजार रुपैयाँ रकम उपलब्ध गराईएको गाउँपालिकाका पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले बताए ।

गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरी गाईभैंसीलाई पोषण खर्च वापत प्रति गाई भैंसी २ हजार ५० रुपैयाँको दरले कृषकलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रम मार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै कृषकहरुलाई बैंकिङ प्रणाली मार्फत रकम उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका