जुवा खेलिरहेका १० जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

तनहुँ प्रहरीले पछिल्लो समय जुवा (तास) खेल्दै गरेका व्यक्तिहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ । प्रहरीले दैनिक रुपमा नै जुवाडेहरु पक्राउ गरिरहेको छ । यसैक्रममा बुधबार दिउँसो व्यास नपा–४ जलदेवी टोल स्थित एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

व्यास नपा–४ जलदेवी टोल स्थित कालु गुरुङको घरमा अबैध रुपमा जितहारको बाजी राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त घरमा खानतलासी गर्दा घरधनी कालु गुरुङ सहित सुरेश कुमार मजाकोटी, प्रेम बहादुर थापा, उत्तम गुरुङ, अर्जुन श्रेष्ठ, मंगल बहादुर गुरुङ, मिन बहादुर गुरुङ, इन्द्र बहादुर दरै, तिर्थ बहादुर गुरुङ र सुर्यभक्त वाग्लेलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट २०८ पत्ती तास र २३ हजार ३७५ रुपैयाँ फेला परेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता