दमौली, साउन २
बिदेश पठाइदिन्छु भनी ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ बर्षिया मनुमाया थापा रहेकी छिन् ।
भिमाद नगरपालिका–५ घर भई हाल कास्की पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ बर्षिया रुपासरा रानाले सामाजिक सन्जाल फेसबुक मार्फत सम्पर्क गरी बैदेशिक रोजगारको लागी जापानमा फेमिली भिषा लगाई पठाईदिन्छु भनी विश्वास दिलाई मनुमाया थापाको नामको विभिन्न बैकहरुको खातामा पैसा जम्मा गर्न लगाएकी थिइन् ।
उक्त जम्मा गरेको नगद ७९ लाख ९७ हजार ९९९ रुपैयाँ बैकबाट निकाली सकेको अवस्थामा खातावाला व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ बर्षिया मनुमाया थापालाई साउन १ गते मंगलबार पक्राउ गरि उनको साथबाट ४ लाख ८० हजार रुपैयाँ र विभिन्न ७ वटा बैंकहरुको चेक बुकहरु बरामद गरी ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।