निलम्बित कर्मचारीलाई पनुर्वाहाली गर्न युवा संघ भानुको माग

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

राष्ट्रिय युवा संघ नेपाल भानु नगर कमिटिले नगरपालिकाबाट निलम्बित ६ जना प्राविधिक कर्मचारीलाई तत्काल पुनर्वाहाली गर्न माग गरेको छ । संघले विहिबार भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले हटाएका कर्मचारीलाई पुनर्वाहाली गर्न माग गरेको हो ।

भानु नगरपालिकाको हालै सम्पन्न १४ औं नगर सभाले कर्मठ र ईमान्दार कर्मचारीहरुलाई बिना जानकारी निलम्वन गरेको कुराले युवा संघलाई गम्भिर बनाएको भन्दै ज्ञापनपत्रमा नगर प्रमुखको व्यक्तिगत पूर्वाग्रहको आधारमा ति करारमा रहेको कर्मचारीहरुलाई निलम्बन गर्नु न्याय संगत नभएको ठहर गरिएको छ ।

यसैगरि युवा संघले नगरपालिकाका प्रमुख, उप–प्रमुख तथा अन्य जनप्रतिनिधीले प्रयोग गरेको ईन्धनको विवरण सार्वजनिक गर्न माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हालसम्मका प्रतिवेदनहरु सार्वजनिक गर्नुपर्ने, नगरपालिकाका सवारी साधन प्रयोग गर्ने व्यक्ति तथा सवारी साधनको विवरण सार्वजनिक गर्नुपर्ने तथा नगरपालिकामा कार्यरत कर्मचारीको दरबन्दी संख्या हाल कार्यरत कार्मचारीको संख्या सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

यसैगरि आर्थिक वर्ष २०८०÷८१ को यथार्थ आयव्याय सार्वजनिक गर्नुपर्ने, नगरपालिकाबाट सन्चालित जेसिभीको प्रयोग विवरण सार्वजानिक गर्न पनि युवा संघले माग गरेको छ ।

राष्ट्रिय युवा संघ, नेपाल भानु नगर कमिटिका अध्यक्ष सोम बहादुर तामाङले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा उक्त मागहरु यथासिघ्र सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु