भानु नपाका कर्मचारीलाई पुनर्वाहाली गर्न कर्मचारी युनियन र संगठनको माग

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

भानु नगरपालिकाले हटाएका ६ जना करार सेवाका प्राविधिक कर्मचारीलाई तत्काल पुनर्वाहाली गर्न नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठन तनहुँले माग गरेको छ । उक्त दुई संगठनले विहिबार संयुक्त विज्ञप्ति प्रकाशित गरि भानु नगरपालिकाबाट हटाइएका इमान्दार, दक्ष, कर्तव्यनिष्ट कर्मचारीहरुलाई अविलम्व पुर्नवहाली गर्न माग गरिएको छ ।

संघीयताको मर्म बमोजिम देशमा ३ तहका सरकारवाट नागरिकको सेवा, परिवर्तनका आयोजना कार्यान्वयन, सुशासनको प्रत्यक्ष प्रत्याभुतीका लागि सबै तहमा समायोजन, पदपूर्ति कार्य भै विधी र प्रक्रियागत तवरले कर्मचारीहरुको व्यवस्थापन गरिएको भन्दै विज्ञप्तिमा विशेष गरी तीन तहमध्ये स्थानीय तहमा कार्यरत कर्मचारीहरु तल्लो नागरिक इकाइ सम्म कठिन र जटिलता पूर्वक सेवा प्रवाह गरि रहेको यथार्थता छर्लङ्ग रहेको जनाईएको छ ।

यसै सन्दर्भमा भानु नगरपालिका अन्तर्गत २० औं वर्षदेखि कार्यरत केही कर्मचारीहरुका सन्दर्भमा भानु नगरपालिकाको १४ औं नगर सभाको निर्णयले अवकास गर्ने प्रस्ताव वहुमतका आधारमा स्वीकृत गरिएको विषयबाट कर्मचारी साथीहरुमा पर्न गएको अन्याय प्रति गम्भिर चासो रहेको भन्दै विज्ञप्तिमा नगरवासीहरुको सेवा, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा दिनरातको परवाह नगरि खटिएका ६ जना प्राविधिक कर्मचारीहरुलाई सेवावाट हटाउने गरि गरिएको निर्णयले ट्रेड युनियनकर्मीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

नगर सभाले कर्मचारी हटाउने सन्दर्भमा कार्यालयको कार्यबोझ, कर्मचारीको कार्यसम्पादनस्तर विशिष्ट प्रकृतीको ज्ञान, सीप जस्ता विषयमा संवेदनशील ढंगले अध्ययन नै नगरि गरिएको अन्यायपूर्ण निर्णय विधि सम्मत् देखिदैन भन्दै विज्ञप्तिमा । जनप्रतिनिधीहरुको भिजन र मिसनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा परिणत गर्न जनप्रतिनिधी र कर्मचारी विचको सहकार्य र सामिप्यता अपरिहार्य विषय हो भन्ने कुरालाई हृदयंगम गरि निर्णय लिनुको सट्टा सो को विपरीत गरिएको निर्णयले सबै ट्रेड युनियनकर्मीहरुलाई दुःखी एवं समग्र कर्मचारीहरुको मनोबल कमजोर बनाएको जनाईएको छ ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष रुद्रसिंह ठकुरीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा भानु नगरपालिकाबाट हटाइएका कार्यरत इमान्दार, दक्ष, कर्तव्यनिष्ट कर्मचारीहरु अविलम्व पुर्नवहाली गर्न पुनः माग गर्दै अन्यथा सम्पूर्ण ट्रेड युनियनमा आवद्ध पेशाकर्मीहरु ट्रेड युनियन अधिकारको उपयोग गरि आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु सशक्त रुपमा सञ्चालन गर्न बाध्य हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने