तनहुँ जिल्ला अदालतद्वारा ७३ प्रतिशत मुद्धा फछर्याैट, २७६६ मध्ये २०२८ फछ्यौैट भई ७३८ मुद्धा बाँकी

Devghat Online

शेयर गरौ

दमौली, साउन ४

तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८०÷०८१ मा ७३.३१ प्रतिशत मुद्धा फछर्याैट गरेको छ । अघिल्लो आर्थिक वर्षको जिम्मेबारी सरेर आएको ११०१ थान मुद्धा र नयाँ दर्ता भएको १६६५ थान गरि जिल्ला अदालतमा २७६६ मुद्धा मध्ये २०२८ मुद्धा फछर्याैट भई ७३८ थान मुद्धा बाँकी रहेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले अनुमान गरिएको भन्दा बढि मुद्धा फछ्र्याैट भएको बताए । एक वर्ष भित्रमा १८२० मुद्धा फछर्याैट गर्ने अनुमान गरिएकोमा लक्ष्य भन्दा बढि २०८ थान मुद्धा बढि फछर्याैट गरिएको श्रेस्तेदार पौडेलले बताए । अदालतमा २ वर्ष नाघेका मुद्धा कुनै पनि नरहेको, १८ महिनादेखी २ वर्षसममको मुद्धा ५ वटा र १ वर्षदेखी १८ महिनासम्मको मुद्धाको संख्या ८९ रहेको पौडेलले बताए ।

सबैभन्दा धेरै फागुनमा २६६ वटा मुद्धा फछर्याैट भएको छ । त्यसपछि क्रमशः जेठमा २५८, माघमा १९२, असारमा १८३, मंसिरमा १८०, चैतमा १७७, बैशाखमा १७४, पुसमा १७०, साउनमा १४५, भदौमा १२०, असोजमा ९९ र कार्तिकमा ६४ थान मुद्धा फछर्याैट भएको अदालतले जनाएको छ ।

मुद्धा फछर्याैट गर्नेमा तनहुँ जिल्ला अदालतमा कार्यरत न्यायधीश आत्मदेव जोशी गन्डकी प्रदेशमै दोश्रो र कमलराज विष्ट तेश्रो भएका छन् । जोशीले यस अघि कार्यरत अदालत सहित गत आर्थिक वर्षमा ४११ थान र विष्टले ३४७ थान मुद्धा फैसला गरेका थिए ।

त्यसैगरि फैसला कार्यान्वयन तर्फ २६४ थान लगत भएकोमा १५८ थान फछर्याैट भई १०६ थान बाँकी रहेको छ । फैसला कार्यान्वयनमा जरिवाना तर्फ जिम्मेबारी सरेर आएको ३ करोड ५६ लाख ३५ हजार २८३ रुपैयाँ र नयाँ लगतको ४८ करोड ५२ लाख २९ हजार ६९५ रुपैयाँ गरि जम्मा ५२ करोड ८ लाख ६४ हजार ९७८ रुपैयाामा ३ करोड ७६ लाख ९४ हजार ७५७ रुपैयाँ कार्यान्वयनको लक्ष्य राखिएकोमा ३ करोड ८० लाख १४ हजार ८ सय रुपैयाँ फछ्र्यौट भई बाँकी ४८ करोड २८ लाख ५० हजार १७८ रुपैयाँ रहेको छ ।

त्यसैगरि कैद तर्फ फैसला कार्यान्वयन हुन जिम्मेबारी सरेर आएको ७०९ बर्ष ९ महिना ४ दिन र नयाँ लगत १५३० वर्ष २ महिना २४ दिन गरि कुल २२३९ वर्ष ११ महिना २८ दिन कैद कार्यान्वयन हुन बाँकी रहेकोमा गत आर्थिक वर्षमा ११७७ वर्ष १ महिना २० दिन फछ्र्यौट भई १०६२ वर्ष १० महिना ८ दिन कार्यान्वयन हुन बाँकी रहेको श्रेस्तेदार पौडेलले जानकारी दिए । जिल्ला अदालतमा आर्थिक वर्ष २०८०÷०८१ बालबालिका प्रतिबादी भएको मुद्धा ७५ थान दर्ता भएकोमा ६१ वटा मुद्धा फछर्याैट भई १४ वटा मुद्धा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताए ।

जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका अघिल्लो वर्षको जिम्मेबारी सरेर आएको १७१ थान र नयाँ दर्ता भएको ६१३ थान गरि ७८५ थान मुद्धा रहेकोमा ६७२ फछर्याैट भई ११२ थान मुद्धा बाँकी रहेको छ । यसैगरि अंश सम्बन्धी मुद्धामा जिम्मेबारी सरेर आएको २५० थान र नयाँ दर्ता भएको २०५ थान गरि ४५५ थान मुद्धा रहेकोमा ३०१ फछर्याैट भई १५४ थान मुद्धा बाँकी रहेको छ । यस्तै चेक अनादर मुद्धामा जिम्मेबारी सरेर आएको ९२ थान र नयाँ दर्ता भएको ९२ थान गरि १८४ थान मुद्धा रहेकोमा १३४ फछर्याैट भई ५० थान मुद्धा बाँकी रहेको छ ।

यसैगरि लेनदेन मुद्धामा जिम्मेबारी सरेर आएको ४६ थान र नयाँ दर्ता भएको ७५ थान गरि १२१ थान मुद्धा रहेकोमा ७८ फछ्र्यौट भई ४३ थान मुद्धा बाँकी रहेको छ । लागु औषध मुद्धामा जिम्मेबारी सरेर आएको ४८ थान र नयाँ दर्ता भएको ७४ थान गरि १२२ थान मुद्धा रहेकोमा ९४ फछर्याैट भई २८ थान मुद्धा बाँकी रहेको छ । चोरी तथा डाँकाचोरी मुद्धामा जिम्मेबारी सरेर आएको ३८ थान र नयाँ दर्ता भएको ६८ थान गरि १०६ थान मुद्धा रहेकोमा ८४ फछर्याैट भई २२ थान मुद्धा बाँकी रहेको छ । जालसाजी मुद्धामा जिम्मेबारी सरेर आएको १०८ थान र नयाँ दर्ता भएको ५२ थान गरि १६० थान मुद्धा रहेकोमा १११ फछर्याैट भई ४९ थान मुद्धा बाँकी रहेको छ ।

त्यसैगरि बैंकिङ कसुर मुद्धामा ४३ थान रहेकोमा ३ फैसला भई ४० थान बाँकी रहेको छ । जवरजस्ती करणी मुद्धामा जिम्मेबारी सरेर आएको ४२ थान र नयाँ दर्ता भएको २५ थान गरि ६७ थान मुद्धा रहेकोमा ३९ फछर्याैट भई २८ थान मुद्धा बाँकी रहेको छ । सवारी ज्यान सम्बन्धि मुद्धामा जिम्मेबारी सरेर आएको २२ थान र नयाँ दर्ता भएको २३ थान गरि ४५ थान मुद्धा रहेकोमा ३८ फछ्र्यौट भई ७ थान मुद्धा बाँकी रहेको छ । घरेलु हिंसा तर्फ १३ थान मुद्धा रहेकोमा ३ थान फैसला भई १० थान बाँकी रहेको छ । त्यस्तै अन्य प्रकृतिका मुद्धामा जिम्मेबारी सरेर आएको २८४ थान र नयाँ दर्ता भएको ३८२ थान गरि ६६६ थान मुद्धा रहेकोमा ४७१ फछर्याैट भई १९५ थान मुद्धा बाँकी रहेको छ । सबै गरि अघिल्ला वर्षको जिम्मेबारी सरेर आएको ११०१ थान र नयाँ दर्ता भएको १६६५ गरि २७६६ थान मुद्धा मध्ये २०२८ थान फछर्याैट भई ७३८ थान मुद्धा बाँकी रहेको अदालतले जनाएको छ ।

जिल्ला अदालतले न्याय सम्पादनमा भएको प्रगतिको बारेमा जानकारी दिन विहिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश कमलराज विष्टले धेरै भन्दा धेरै मुद्धा फछ्र्यौैट गर्ने गरि आफुहरुले काम गरेको बताए । विगतको भन्दा धेरै मुद्धा फैसला भएको भन्दै उनले न्यायीक प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गरिने बताए ।

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बन्धि मद्धामा न्याय सम्पादनमा अप्ठ्यारो परेको छ । बाल इजलास नहुँदा कहिले बैठक कक्षमा, कहिले न्यायधिशको चेम्बरमा त कहिले कता राखेर इजलास चलाउनु परेको न्यायधीशे बताए । बाल इजलासमा मुद्धाको बहस भईरहँदा पिडकलाई इजलासमा राख्न नपाइने हुँदा सो क्रममा पिडकलाई राख्ने स्थानको पनि अभाव भएको न्यायधीश विष्टले बताए ।

जिल्ला सरकारी न्यायधिवक्ता खेमराज पाठकले अदालत, सरकारी वकिल कार्यालय र प्रहरीको समन्वयमा मुद्धा दर्ता, सुनुवाई र फछ्र्यौटको काम प्रभावकारी रुपमा हुने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले पनि अदालतले जति छिटो मुद्धा फैसला गर्छ, जनताले त्यती नै न्यायको अनुभुती गर्ने बताए । सो कार्यक्रममा अदालतका श्रेस्तेदार केशव पौडेलले अदालतको भवन पुरानो र साँघुरो भएको हुँदा न्याय सम्पादनमा कठिनाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग