जुवा खेलिरहेका ९ जना व्यक्तीहरु बन्दिपुरबाट पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन ४

जुवा खेल्दै गरेको अवस्थामा बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पाबाट ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जित बहादुर क्षेत्री, रमेश अधिकारी, चिज कुमार परियार, पशुपति पन्त, मुक्तिनाथ पन्त, बम बहादुर लामिछाने, अर्जुन रम्तेल, सोम बहादुर गुरुङ र बिष्णु प्रशाद भट्टराई रहेका छन् ।

जित बहादुर क्षेत्रीको दुईतल्ले घरको तल्लो तल्लामा अबैध रुपमा जितहारको बाजी राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त घरकोठामा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १५६ पत्ती तास र ३३ हजार ४५ रुपैयाँ बरामद गरिएको हुँदा उनीहरुलाइ नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता