वन मुद्धामा फरार रहेका ३ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन ४

वन मुद्धामा आदालतबाट दोषी ठहर भई हालसम्म फरार रहेका ३ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका ७ का ३३ बर्षिय सोम बहादुर नेपाली, सोही नगरपालिका वडा नम्बर ६ का २७ बर्षिय पदम विक र ३४ बर्षिय प्रेमबहादुर विक रहेका छन् ।

विना इजाजत वन पैदावर ओसार पोसार मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात दोषी ठहर भई हालसम्म फरार रहेका उनीहरुको खोजतलास गर्ने ममा साउन ३ गते शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ र ७ स्थित आ आफ्नै घरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेको हुँदा उनीहरुलाई तोकिएको कैद जरिवाना मध्ये जनही १ दिन कैद र पाँच हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता