वन मुद्धामा फरार रहेका ३ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन ४

वन मुद्धामा आदालतबाट दोषी ठहर भई हालसम्म फरार रहेका ३ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका ७ का ३३ बर्षिय सोम बहादुर नेपाली, सोही नगरपालिका वडा नम्बर ६ का २७ बर्षिय पदम विक र ३४ बर्षिय प्रेमबहादुर विक रहेका छन् ।

विना इजाजत वन पैदावर ओसार पोसार मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात दोषी ठहर भई हालसम्म फरार रहेका उनीहरुको खोजतलास गर्ने ममा साउन ३ गते शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ र ७ स्थित आ आफ्नै घरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेको हुँदा उनीहरुलाई तोकिएको कैद जरिवाना मध्ये जनही १ दिन कैद र पाँच हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक