भीमेश्वर मन्दिरको शिलामा पसिना

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ५

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट पसिना आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ः ४० देखि पसिना आएको बताए ।

शिलाको बाँयाबाट पसिना आएको उनले जानकारी दिए । भीमेश्वरको शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको भन्ने जनविश्वास छ । शिलामा पसिना पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा पसिना आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको छ ।

पसिना पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पुर्‍याउने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका