पाँच महिनामै फेरिए तनहुँका एसपी, शाही आउने

Devghat Online

शेयर गरौ

दमौली, साउन ५

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहोराको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बोहोराको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा काज सरुवा गरेको हो ।

गत २०८० फागुन १ गते तनहुँको प्रहरी प्रमुखको रुपमा आएका बोहोराको छोटो अवधिमै सरुवा भएको हो । विशेषगरि जुवातास नियन्त्रणको क्रममा केही राजनीतिक व्यक्तिहरुलाई मुद्धा चलाएको तथा राजनीतिक दवावलाई वास्ता नगरेपछि उनको सरुवा भएको आंकलन गरिएको छ । बोहोराको नेतृत्वमा पाँच महिनामा लागु औषधका सय भन्दा अभियुक्तलाई पक्राउ गरि मुद्धा चलाईएको छ भने अबैधरुपमा जुवातास खेल्नेलाई दिनदिनै जस्तो पक्राउ गरिएको थियो । एसपी बोहोराको कारण तनहुँका पेशेवर जुवाडेहरु हायलकायल भएका थिए ।

राजनीतिक दवाव सामु नझुक्ने उनको अडानको कारण हाल सत्तापक्ष भएका नेपाली काँग्रेसका नेताहरु अघि अघि देखीनै उनको सरुवा गराउन लागेका थिए । यसअघि गृहमन्त्रालय आफ्नो अनुकुल नहुँदा एसपी बोहोराको सरुवा गर्ने प्रयास सफल भएको थिएन । नेपाली काँग्रेसका केही नेताहरु आफ्नो सरकार बनेको एक साताभित्रै एसपी बोहोराको सरुवा गर्ने भन्दै खुलेआम बताउँदै आएका थिए ।

हुन पनि अवस्था त्यस्तै भएको छ । सरकार परिवर्तन भएर नेपाली काँग्रेसले गृहमन्त्रालय सम्हालेको एक साता नपुग्दै एसपी बोहोराको सरुवा भएको थियो । यसअघि पनि एसपी दिनेशराज मैनालीले नेपाली काँग्रेसका नेताहरुले भनेको आदेश नमान्दा चार महिनामै सरुवा हुनु परेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको एसपीमा प्रहरी प्रधान कार्यालयबाट एसपी बिरेन्द्र शाही आउने भएका छन् । उनी प्रधान कार्यालयमा कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती