पुष्पलाल स्मृति दिवसको अवसरमा देवघाटमा बृक्षारोपण सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन ७

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले देवघाट गाउँ कमिटिको आयोजनामा सोमबार विहान देवघाटमा बृक्षारोपण कार्यक्रम आयोजना गरियो ।

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित मधुवन सामुदायिक वनको पिकिनिक स्थलमा गरिएको सो वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा ऐमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिम बाहादुर गुरुङको अध्यक्षतमा भएको सो कार्यक्रममा नेकपा ऐमाले जिल्ला कमिटिका सदस्यहरु केशवचन्द्र न्यौपाने र याल वहादुर गुरुङ, गाउँ कमिटिका उपाध्यक्ष भोजराज नैनावस्ती, सचिव सान श्रेष्ठ, अखिल नेपाल महिला संघ देवघाट गाउँ कमिटिका अध्यक्ष सावित्री न्यौपाने, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङ, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी, पुर्व वडा सदस्य टुकनाथ अधिकारी, बुद्धिजिवि परिषदका जिल्ला कोषाध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, एमाले कार्यकर्ताहरु सुर्य राना, विष्णु मगर, हरिराम काप्री, शिव अधिकारी, विष्णु अधिकारी लगाएतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार